अपि पावरद्वारा दुई आथिर्क वर्षको साधारण सभा आह्वान

2020-11-01
अपि पावरद्वारा दुई आथिर्क वर्षको साधारण सभा आह्वान

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले एकैपटक दुुई आर्थिक वर्षको साधारण सभा डाकेको छ। दुई आर्थिक वर्षको लाभांस पारित गर्ने मुख्य प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा डाकेको हो। 

कम्पनीले १६ र १७ औँ साधारण सभा आउँदो मंसिर ८ गते गर्ने भएको हो। यि दुई सभा कम्पनीको काडमाण्डौ थापाथलीस्थित टे«ड टावरमा रहेको प्रधान कार्यालयमा भर्चुअल माध्यम जुम एपबाट आयोजना गरिनेछ। उक्त सभाले आर्थिक वर्ष २०७५ र ७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र आर्थिक वर्ष २०७६ र ७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

यस्तै आर्थिक वर्ष २०७५ र ७६ को बोनस सेयरको कर प्रयोजनका लागि ०.२६ प्रतिशत र आव २०७६ र ७७ को बोनस सेयरको कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ। 

सभाले आर्थिक वर्षको बोनस सेयर तथा ५६.७ करोडको हकप्रद सेयर निष्काशनपश्चात कायम हुने चुक्ता पुँजीको १ः०.८५६ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिनेछ। 
कम्पनीले १६ औँ वार्षिक साधारण सभाका लागि २०७६ चैत १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गरिसकेको छ भने १७ औँ वार्षिक साधारण सभाका लागि यहि मंसिर १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: