अपि पावरको लाभांस पारित, अध्यक्षमा न्यौपाने चयन

2020-11-25
अपि पावरको लाभांस पारित, अध्यक्षमा न्यौपाने चयन

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको १६ औँ र १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंसिर ८ गते भर्चुअल माध्यम जुम एप्लीकेसन प्रयोग गरी भिडियो कन्फेरेन्सीङ मार्फत दुई साधारण सभा एकैपटक सम्पन्न भएको हो। 

साधारण सभाबाट आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजिको ५ प्रतिशत बोनस सेयर र तथा आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजिको ९ प्रतिशत बोनस सेयर लाभांस वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। 

कम्पनीले सञ्चालक समितिको अध्यक्ष पदमा सतिस न्यौपानेलाई ४ वर्षका लागि नियुक्त गरेको छ। यसका साथै कम्पनीको संचालकमा ५ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित हुने संचालकमा सतिस न्यौपाने, संजिव न्यौपाने, इन्द्रमणि त्रिताल, द्धारिका प्रसाद न्यौपाने र सृजना खड्का रहेका छन्। 

 


Share this with your friends: