अरुण भ्यालीका लगानीकर्ताले केही महिनाभित्रै पाउनसक्छन् सतप्रतिशत रिटर्न

2021-06-14
अरुण भ्यालीका लगानीकर्ताले केही महिनाभित्रै पाउनसक्छन् सतप्रतिशत रिटर्न

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । 

यो कम्पनीले आफूसँग भएको सेयरहरु बिक्री गरेरै भए पनि चालु आर्थिक वर्षका लागि सेयरधनीलाई बम्पर लाभांश दिने तयारी भएको सूचना बजारमा चुहिएसँगै ठूलो परिमाणमा खरीदबिक्री भइरहेको छ । 

यो कम्पनीका एक संचालकका अनुसार कम्पनीले आफूसँग भएका विभिन्न कम्पनीका सेयर पछिल्लो समय धमाधम सल्टाइरहेको छ । कम्पनीसँग अरुण काबेलीको १८ लाख बढी कित्ता सेयर रहेकोमा धेरै कित्ता सल्टाइसकेको छ । 

यस्तै, विभिन्न उपसमूहअन्तर्गतका विभिन्न कम्पनीको सेयर समेत रहेको र ती सेयर समेत बुलिस प्रवृतिमा बजार कुदिरहेको बेला राम्रो नाफा बुक गर्दै धमाधम बिक्री गरिरहेको छ । 

'हामी यो पटक लगानीकर्तालाई सरप्राइज लाभांश दिने तयारीमा छौं ।' ती संचालकले थपे-'कम्पनीले बाँकी रहेको ५० प्रतिशत हकप्रद समेत केही महिनाभित्रै निश्कासन गरिसक्नेछ । यो वर्ष कम्तीमा पनि ५० प्रतिशतसम्मको लाभांश दिने योजना बनाएका छौं ।' 

यो कम्पनीसँग अरुण काबेलीसहित विभिन्न कम्पनीका करिब २ अर्ब रुपैयाँ बराबरको सेयर रहेको छ । तिनीहरुको मूल्य बढेर उच्च नाफा भइसकेको छ । यसले समेत कम्पनीको यो वर्षको वित्तीय विवरण बलियो हुने संचालकहरुको दाबी छ । 

अरुण भ्यालीले हालै ५० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको ४ लाख ६३ हजार कित्ता सेयर अक्सनमार्फत बिक्री हुँदैछ । नबिकेको हकप्रद सेयर अक्सनबाट बिक्री गरेर कम्पनीले कम्तीमा १८ करोड रुपैयाँ कमाउने अपेक्षा गरिएको छ । यो १८ करोड पनि लाभांशकै रुपमा वितरण गर्न मिल्छ।

सोमबार किन घट्यो मूल्य ?
सोमबार भने यो कम्पनीको मूल्य घटेको छ । यसको कारण खोज्दै जाँदा अन्य केही जलविद्युत कम्पनीमाथि धितोपत्र बोर्डले कारबाही गर्दैछ भन्ने हल्लाले सेक्टरवाइज प्रभाव पर्ने डरका कारण बिक्रीतर्फ केही चाप देखिएको स्रोत दाबी गर्छ । 

सेयर बजारका खेलाडीहरुसम्म कम्पनीले राम्रो वित्तीय विवरण ल्याउने सूचना पुगेकोले यो कम्पनीको मूल्य घटाएर ठूलो परिमाणमा सेयर उठाउने योजनाअन्तर्गत सोमबार मूल्य घटाइएको हुनसक्ने समेत कतिपयको दाबी छ । 

 


Share this with your friends: