आईपीओ निष्कासनको मुख्य अजेन्डासहित बिपिडब्लु लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

2021-12-26
आईपीओ निष्कासनको मुख्य अजेन्डासहित बिपिडब्लु लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन लतिलपुर धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको जारी पूँजीको ३२.३३ आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरीने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ।व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अुनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्ने स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  


Share this with your friends: