आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स्ले डाक्यो वार्षिक साधारण सभा

2021-01-12
आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स्ले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १३ औँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ २२ गते कम्पनीको रजिष्ट्रड कार्यालय बत्तीसपुतलीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै आ.व २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतका आर्थिक विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७÷७८ का लागि लोखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरिनेछ। 

यसैगरी कम्पनीको सञ्चालक समितिको निर्वाचन र सञ्चालकहरुको पारिश्रमिक र भत्ता तोक्ने प्रस्ताव पारित गरिनेछ। 

 


Share this with your friends: