आज समाज लघुवित्तको आईपीओ बाँडफाँड हुदै, भाग्यशाली आवेदक कति ?

2020-08-31
आज समाज लघुवित्तको आईपीओ बाँडफाँड हुदै, भाग्यशाली आवेदक कति ?

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ। 

आईपीओ आज दिउँसो २ बजे धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा बाँडफाँड हुनेछ। 

समाज लघुवित्तको आईपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन्। यो कुल मागको तुलनामा १४८।२३ गुणा बढी आवेदन हो। 

क्यापिटलका अनुसार अब गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ। गोलप्रथाबाट ८ हजार ७० जनालेमात्र १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी ५ लाख ५५ हजार ९२८ आवेदकको हात खाली हुनेछ।

समाज लघुवित्तले गत भदौ ४ गतेदेखि ८ गतेसम्म ८६ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। त्यसमध्ये १ हजार कित्ता कर्मचारीका लागि र ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८० हजार ७०० कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन्।


Share this with your friends: