आरएमडीसी लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2022-01-20
आरएमडीसी लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत पुस ३० गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) माघ ६गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

संस्थाले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको जनाएको छ। भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न संस्थाले आह्वान गरेको छ। 


Share this with your friends: