आरम्भ चौतारी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2022-03-20
आरम्भ चौतारी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी चैत २७ गते बनेपास्थित पञ्चकन्या बनेपा पार्टी भेन्युमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित २१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै भविष्यमा अन्य कुनै लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राीप्त÷समाहित गर्ने सम्बन्धमा सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आ.व २०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका लेखा विवरणहरु छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: