उकालो यात्राका साथ कारोबारको सुरुवात, बीमा कम्पनीहरुको यस्तो रह्यो प्रदर्शन

2020-08-30
उकालो यात्राका साथ कारोबारको सुरुवात, बीमा कम्पनीहरुको यस्तो रह्यो प्रदर्शन

काठमाण्डौ । उकालो यात्राका साथ कारोबारको पहिलो दिनको सुरुवात गरेको नेप्सेमा आज बीमा कम्पनीहरुले राम्रो पर्दशन गरेका छन्। आज जीवन बीमा र निर्वीवन बीमा कम्पनीहरुको उपसूचकमा सबैभन्दा धेरै वृद्धि देखियो। आज जीवब बीमा कम्पनीको परिसूचक ४६.३२ अंकको वृद्धि हुदै ९०४८.०६ को उचाईमा पुग्यो। 

त्यस्तै निर्जीवन बीमा कम्पनीको परिसूचक ९४.३ अंकले बढ्दै ७२९५.१३ बिन्दुमा पुग्न सफल बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा ३ वटा बीमा कम्पनीहरु पर्न सफल बने। नेपाल रिइन्स्योरेन्स कम्पनी, सिद्र्धाथ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा क्रमश ६१ रुपैयाँ, ५७ रुपैयाँ र ३२ रुपैयाँको बढोत्तरी आयो। यो दिन सबैभन्दा धेरै गुमाउने कम्पनीको सूचिमा भने कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 
आज नेप्से परिसूचक ४.६४ अंकले बढी १४६२.६७ को बिन्दुको उचाईमा पुग्यो। आज टिएमएस प्रणालि अबरुद्ध भएपछि कारोबार समय सवा दुई घण्टा थप गरिएको थियो। पहिले घटिरहेको बजार समय थप भएको अवधिमा बढ्न थालेको थियो। 

आज बजारमा १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३ सय रुपैयाँमा किनबेच भयो। 
आज बैंकिङ समूह, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचकमा रातो पोतियो। यि समूहको परिसूचकमा क्रमश ७.४४, ०.४५ र ०.०३ अंकको गिरावट आयो। 

व्यापार समूह १८.०७ अंकले बढेको यो दिन होटल ०.६३, जलविद्युत ९.३९, वित्त १.६२, उत्पादन तथा प्रशोधन २६.५६ र अन्य २७.१३ अंकले बढ्यो। 
यस्तै लघुवित्तको परिसूचकमा पनि २.३७ ले बढ्यो। यो दिन एनआएन इन्फ्रास्टकचरको सेयर मूल्यमा पोजेटिभ सक्र्रिट लाग्यो। यो कम्पनीको सेयर मूल्यमा ३६ रुपैयाँको बढोत्तरी आयो। 

आज तारा गाँउ रिजेन्सी होटलको लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। यो दिन यो कम्पनीको सेयर मूल्यमा ५.१६ प्रतिशतको गिरावट आयो। आज सबैभन्दा धेरै कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचिमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल बने। यो दिन नेपाल रिइन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र प्रिमियम इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कारोबार गरे।   

 


Share this with your friends: