एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्टले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-01-15
एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्टले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ। एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो माघ २५ गते काठमाण्डौ सुकेधारा स्थित अकामा होटलमा बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यम मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित २.८५ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत नगद लाभांस गरी कुल ३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। कम्पनीद्वारा प्रस्तावित लाभांसमा २।८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर र ०।१५ प्रतिशतले हुन आउने १६ लाख ९९ हजार ०२१ रुपैयाँ बराबरको नगद लाभांस९कर प्रयोजनका लागि० रहेका छन्। 

यस्तै सभामा कम्पनीको हालको जारी तथा चुक्तापूँजी वृद्धि गरी १ अर्ब १६ करोड ४९ लाख ६३ हजार ५ सय रुपैयाँ पुर्याउने र सो को लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६÷७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। यसैगरी आ.व २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहति २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

सभामा कम्पनीको संस्थापक सेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना(एक जना महिला सञ्चालक सहित) निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

कम्पनीले वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो माघ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: