एनएमबि बैंकले जेठ २ गतेबाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

2021-05-07
एनएमबि बैंकले जेठ २ गतेबाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ ।एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी जेठ २ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

निष्कासन हुने कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने कुल ८ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्र निष्कासन छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गते बैंकिङ समयपछि बन्द हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ८ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: