एनएमबि बैंकले वैशाख २१ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र निष्कासन गर्ने

2022-04-25
एनएमबि बैंकले वैशाख २१ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि ३.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।

बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३र९४’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइ (५ प्रतिशत अर्थात ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) को सार्वजनिक निष्कासन गरिनेछ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ४ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १४ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: