एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

2022-05-08
एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन सदने समय थप गरिएको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३र९४’ नामक ऋणपत्रमा अब जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।  

यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइ ९५ प्रतिशत अर्थात ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित० को सार्वजनिक निष्कासन गरिनेछ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 
इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १४ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: