एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम अवसर

2022-05-18
एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम अवसर

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(जेठ ४ गते)अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख २१ गतेदेखि निष्कासन गरेको ३.५० अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५– २०९३/९४’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइ (५ प्रतिशत अर्थात ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) को सार्वजनिक निष्कासन गरिएको छ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 
इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १४ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: