एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-05-20
 एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २ गतेदेखि निष्कासन गरेको २ अर्ब रुपैयाँबराबरको रु.१ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ८ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ८ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


Share this with your friends: