गणपति लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-03-22
गणपति लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको  गत पुस १७ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस सेयर पुस ६ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो। 

संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ। पुस ६ गतेपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको  हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।


Share this with your friends: