घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

2021-01-03
घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले दुई आर्थिकको वार्षिकको वार्षिक साधारण सभा एकैपटक डोकेको छ। कम्पनीको गत पुस १७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ र छैठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो माघ १५ गते काठमाण्डौमा रहेको होटल मुनलाईट पक्नाजोलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ.व २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७४/७५ र २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७६/७७ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा कम्पनीको समूह ख अर्थात सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

कम्पनीले साधारण सभा प्रयोजनका लागि आउँदो माघ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: