जानकी फाइनान्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

2022-03-06
जानकी फाइनान्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आज(फागुन २२ गते)आयोजना हुदैछ ।  

उक्त सभा आज आइतबारका दिन जनकपुरमा रहेको गायत्रि कुञ्ज अतिथि सदनमा  बिहान ११ः३० बजे सभा आयोजना हुन लागेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयर र ०्७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५।७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७/७८ सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ।व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै संस्थापकतर्फ ३ जना तथा सर्वसाधारणतर्फ २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले गत माघ २४ गतेदेखि ६ गतेसम्म बुक क्लोज गरिसकेको छ । 


Share this with your friends: