जीवन विकास लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, बम्पर लाभांश अनुमोदन

2022-04-10
जीवन विकास लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, बम्पर लाभांश अनुमोदन

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाबाट बम्पर लाभांश पारित भएको छ। 

गत चैत २५ गते सम्म वार्षिक साधारणसभाले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ७३.६८ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ७० प्रतिशत बोनस सेयर र ३।६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

सभाले बोनस सेयर वितरणपछि जारी पुँजी रु. ६० करोड ८४ लाख रुपैयाँबाट वृद्धि गरी रु। १ अर्ब ३ करोड ४२ लाख ८० हजार पुर्याउने प्रस्तावका साथै वित्तीय संस्थाको अधिकृत पुँजी रु। २ अर्ब बनाउन प्रवन्धपत्र संशोधनको प्रस्तावसमेत स्वीकृत गरेको छ। 

यस्तै यस्तै जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरिएको छ । संस्थाले अन्य कुनै वित्तीय संस्थालाई गाभ्नेरगाभिने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल  गरी पारित गरिएको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलता,नाफा नोक्सा हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ । 


Share this with your friends: