तारागाउँ रिजेन्सी होटल्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

2021-02-04
तारागाउँ रिजेन्सी होटल्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत पुस २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २४ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो। 

कम्पनीको वार्षिक साधारण सभा आउँदो फागुन १४ गते काठमाण्डौ बौद्धमा रहेको तारागाउँ रिजेन्सी होटल(रजिष्टर्ड कार्यालय)मा आयोजना हुनेछ। उक्त सभामा कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत नगद लाभांस(५ प्रतिशत कर सहित)वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै समूह ग का सेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ माघ ३० गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।   

 


Share this with your friends: