तारागाउँ रिजेन्सीद्वारा वार्षिक साधारण सभा आह्वान

2022-03-18
तारागाउँ रिजेन्सीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी चैत २७ गते आइतबारका दिन तारागाँउ रिजेन्सी होटल बौद्ध काठमाण्डौमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको २५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 


Share this with your friends: