दोर्दी खोला जलविद्युतद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ जारी गर्ने विशेष प्रस्ताव

2020-12-30
दोर्दी खोला जलविद्युतद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ ९ गते काठमाण्डौ त्रिपुरेश्वर स्थित कम्पनीको कार्यालयमा वेविनार जुममार्फत वार्षिक साधारण सभा डाकेको हो। 

उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकमको उपयोगको प्रस्ताव अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने र दोर्दी १ जलविद्युत आयोजनाका लागि थप ऋण लिने प्रस्ताव अनुमोदन गरिनेछ। 

सभामा नियामक निकायहरुको निर्देशन बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संसोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको आ.व २०७५/७६ र आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७५/७६ र २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गरिनेछ।

उक्त सभामा आ.व २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

 


Share this with your friends: