नयाँ सारथि लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2022-03-27
नयाँ सारथि लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत १२ गते बसेको सञ्चाल समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी वैशाख १० गते धुलिखेलमा रहेको संस्थाको प्रधान कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा एफपीओ जारी गर्ने सम्बन्धमा सम्पूर्ण कार्र्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले अन्य वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदना गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि स.स्थाले आगामी चैत २३ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: