नागरिक लगानी कोषद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-06-06
नागरिक लगानी कोषद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ। सीआईटीको गते जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। 

बैठकले आगामी असार १८ गते कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश ९लाभांश करसहित० गरी कुल १७.८९४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कोषले आगामी असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असार ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कोषद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्। 

 


Share this with your friends: