नागरिक लगानी कोषको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-06-21
नागरिक लगानी कोषको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कोषले भोलि(असार ८ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

कोषले गत आर्थिक वर्ष २०७६/७७ का लागि ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) गरी कुल १७.८९४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कोषको गत चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले यो लाभांस प्रस्ताव गरेको थियो ।  

यो लाभांस कोषको आगामी  असार १८ गते कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे आयोजना हुने सभाबाट पारित गरिनेछ । 


Share this with your friends: