नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-06-22
नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कोषद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले सेयरमूल्य समायोजन गर्दे प्रतिकित्ता ३७४३ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन सीआईटीको मूल्य प्रतिकित्ता ४०८० रुपैयाँ थियो । 
कोषले गत आर्थिक वर्ष २०७६÷७७ का लागि ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) गरी कुल १७.८९४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कोषको आगामी  असार १८ गते कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे आयोजना हुने सभाबाट पारित गरिनेछ । 


Share this with your friends: