नेपाल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

2021-05-24
नेपाल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म जारी गरेको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र जेठ ९ गते समानुपातिक रुपले बाँडफाँड गरेको हो । 

बैंकले कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरेको थियो। सार्वजनिक निष्कासन गरिएको १४ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार इकाइ बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ ऋणपुँजी रकमबराबरको इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। 

धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले व्यक्तिगत तबरमार्फत आवेदन गर्ने आवेदकहरुको आशिंक बाँडफाँडमा परेको ऋणपत्र बापतको बाँकी फिर्ता भुक्तानी गनुपर्ने रकम जेठ १० गतेदेखि आईपीएसमार्फत भुक्तानी गरिने जनाएको छ । 

 


Share this with your friends: