नेपाल ल्यूब आयलले डाक्यो साधारणसभा, पुँजी वृद्धि र लाभांश पारित मुख्य अजेन्डा

2020-09-29
नेपाल ल्यूब आयलले डाक्यो साधारणसभा, पुँजी वृद्धि र लाभांश पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको आजा बसेको सञ्चालक समितिको बैठकले आउँदो कार्तिक ५ गते बुधबारका दिन कम्पनीको २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त बैठक बिहान ११ बजेर ३० मिनेटमा संस्थाको कार्यालय, झम्सिखेल ललितपुरमा भर्चुअल माध्यम जुम एमको माध्यमबाट सञ्चालन हुनेछ। 

उक्त सभामा सञ्चालक समितिको प्रस्ताव बमोजिम कम्पनीको सेयरधनीका लागि १० प्रतिशत नगद लाभांस वितरणका लागि स्विकृती प्रदान गरिनेछ। यसका साथै कम्पनीको हालको ३ करोड रहेको जारि पुँजी वृद्धि गरेर ५ करोड पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ। 

लाभांश र साधारणसभा प्रयोजनाका लागि कम्पनीले असोज २२ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन असोज २१ गतेसम्म यो कम्पनीको सेयरधनी भइसक्नुपर्नेछ। 

 


Share this with your friends: