नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

2022-03-24
नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गते शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे गर्ने निर्णय गरेको हो । 

उक्त सभामा संस्थाले अन्य कुने बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने समग्र वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

सभामा संस्थापक सेयरधनीकातर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण सेयरधनीकातर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: