नेपाल टेलिकमको वार्षिक साधारण सभा आज,लाभांस वितरणको प्रस्ताव पारित गरिने

2022-04-07
नेपाल टेलिकमको वार्षिक साधारण सभा आज,लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नेपाल टेलिकमको वार्षिक साधारण सभा आज(चैत २४ गते)आयोजना हुदैँछ । कम्पनीको सञ्चालक समितिको गत फागुन ३० गतेको निर्णयअनुसार १४ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सञ्चालन हुन लागेको हो ।

उक्त सभामा  सञ्चालक समितिको बैठकले आव २०७७/७८ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरी कुल ४० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वािर्षक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/६७८ को पासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफलद गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: