नेपाल फाइनान्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

2022-05-20
नेपाल फाइनान्सको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आज(जेठ ६ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी जेठ २६ गते बन्द हुनेछ । लगानीकर्ताले प्रभु क्यापिटल कमलादी काठमाण्डौ तथा नेपाल फाइनान्स कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।   

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ। 


Share this with your friends: