नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2022-06-09
नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ ६ गतेदेखि विद्यमान चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको १ः०.७० अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

यो हकप्रदमा गत वैशाख १९ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटल कमलादी काठमाण्डौ तथा नेपाल फाइनान्स कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।   

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ। 


Share this with your friends: