काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ङादी गुप्र पावर लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
ङादी गुप्रको २० प्रतिशत अर्थात ११ लाख ७८ हजार २२१ कित्ता र ग्रिन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत अर्थात १ लाख ९० हजार कित्ता गरी कुल १३ लाख ६८ हजार २२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।