नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज,लाभांसको प्रस्ताव पारित गरिने

2022-01-20
नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज,लाभांसको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ ।

संस्थाको आठौँ वार्षिक साधारण आज क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११ बजे आयोजना हुन लागेको हो । उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै लघुवित्त र अन्य लघुवित्त एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व  २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: