पाँच हाइड्रोसहित १० कम्पनीको वार्षिक साधारण सभा आज

2022-01-12
पाँच हाइड्रोसहित १० कम्पनीको वार्षिक साधारण सभा आज

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पाँच वटा हाइड्रो कम्पनी सहित १० वटा कम्पनीको वार्षिक साधारण सभा आज(पुस २८ गते) आयोजना हुँदैछ । 

आज नेपाल हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, न्यादी हाइड्रोपावर,पाँचथर पावर,तेह्रथुम पावर मितेरी डेभलपमेन्ट बैंक, उन्नति सहकार्य लघुवित्त, हिमालयन डिस्टीलरी,बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपालको वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । 

नेपाल हाइड्रोको आज बस्ने १५ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७।३६८४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिनेछ । 
त्यस्तै नेपाल हाइड्रोको १५ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिनेछ । 

हिमालयन डिस्टिलरीको २१ औँ वार्षिक साधारणसभाबाट पनि गत आर्थिक वर्षका लागि प्रस्तावित ७५ बोनस सेयर र २५ प्रतिशत नगद लाभांश ९करसहित० गरी कुल १०० प्रतिशत लाभांश पारित गरिनेछ । 

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको १६ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित  १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पारित गरिनेछ । 
यसैगरी उन्नति सहकार्यद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयर सभाबाट पारित गरिनेछ । 

AGM   

Share this with your friends: