प्रभु बैंकको ऋणपत्र निष्कासन आजदेखि

2021-05-25
प्रभु बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज(जेठ ११ गते)देखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ । 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  

यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० इकाइ बाँडफाँड गरी बाँकी रु. १ अर्ब ५९ करोड ७५ लाख ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट तथा २४ लाख कित्ता ऋणपत्रले हुन आउने रु. २ अर्ब ४० करोड ऋणपूँजी रहक विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री तथा निष्कासन खुला गरिएको छ ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २६ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

धितोपत्र बिक्री प्रबन्धकमा  मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।


Share this with your friends: