प्रभु बैंकको ऋणपत्र निष्कासनको समयावधि लम्बियो

2021-05-31
प्रभु बैंकको ऋणपत्र निष्कासनको समयावधि लम्बियो

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको ऋणपत्र निष्कासनको समयावधि लम्बिएको छ ।  बैंकले गत जेठ ११ गतेदेखि निष्कासन गरेको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्रको समयावधि लम्बिएको हो । 

बैंकले गत जेठ ११ गतेदेखि रु.१ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ ।  

यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० इकाइ बाँडफाँड गरी बाँकी रु. १ अर्ब ५९ करोड ७५ लाख ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट तथा २४ लाख कित्ता ऋणपत्रले हुन आउने रु. २ अर्ब ४० करोड ऋणपूँजी रहक विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री तथा निष्कासन खुला गरिएको छ ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 
इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । ब्याजदरको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

धितोपत्र बिक्री प्रबन्धकमा  मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।


Share this with your friends: