प्राइम कमसिर्यल बैंकको ऋणपत्रको निष्कासन मिति परिवर्तन

2021-03-02
प्राइम कमसिर्यल बैंकको ऋणपत्रको निष्कासन मिति परिवर्तन

काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले निष्कासन गर्ने भनिएको ऋणपत्रको मिति परिवर्तन गरिएको छ। बैंकको फागुन १९ गतेदेखि निष्कासन गर्ने भनिएको ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक ऋणपत्रको मिति परिवर्तन गरिएको हो। प्राविधिक कारणवस मिति परिवर्तन गरिएको यो ऋणपत्र अब फागुन २८ गते निष्कासन गरिनेछ। 

बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका ३५ लाख इकाइ ऋणपत्र निष्कासनका गर्न लागेको हो। 

कुल इकाइमध्ये बैंकले १४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी २१ लाख इकाइ प्राइभेट प्लेसमेन्टअन्तर्गत बिक्री गर्नेछ। 

आठ वर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ८।७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जसअनुसार बैंकले इकाइधनीहरुलाई अर्धवार्षिक रुपमा यो ऋणपत्रको ब्याज भुक्तानी गर्नेछ। 
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

बैंकले ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक धितोपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा गत कात्तिक १४ गते आवेदन दिएको थियो। 

 


Share this with your friends: