प्राइम कमर्सियल बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

2022-01-09
प्राइम कमर्सियल बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासनको अनुमति माग गर्दै पुस २१ गते बोर्डमा आवेदन दिएको हो । 

 प्राइम कमर्सियल बैंकले ‘प्राइम डिबेन्चर २०८८ ’ नामक ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो।

बैंकले  रु. १००० अंकित दरको रु. २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो । कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । 


Share this with your friends: