प्राइम कमसिर्यल बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

2022-03-10
प्राइम कमसिर्यल बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट फागुन २३ गते १० वर्षे अवधिको १० प्रतिशत ब्याज दर भएको प्राइम डिबेन्चर २०८८ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटलआरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

१० वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत हुनेछ। 


Share this with your friends: