प्राइम कमर्सियल बैंकको ऋणपत्रको ब्याज भुक्तानी

2022-03-13
प्राइम कमर्सियल बैंकको ऋणपत्रको ब्याज भुक्तानी

काठमाण्डौ ।  प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । पुस मसान्तसम्म कायम लगानीकर्ताहरुलाई बैंकले जारी गरेको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ को अर्धवार्षिक ब्याज भुक्तानी गरिएको हो । 

बैंकले विविध कारणले आफ्नो ब्याज रकम हालसम्म पनि आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराई बैंकको ऋणपत्र रजिष्ट्रार आरबीबी मर्चेन्ट बैंकिङमा सम्पर्क गरी ऋणपत्रको ब्याज बापतको रकम प्राप्त गर्न आग्रह गरेको छ ।   


Share this with your friends: