काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आगामी चैत १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १० लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ९ लाख ५० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गते बैंकिङ समयपछि हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।
यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।