काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १२.५० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सुचिकृत भएको छ। नेप्सेमा प्राइम लाइफको २५ लाख ९ हजार ९२५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।
यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको छ।