प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन आजदेखि

2022-06-14
प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आज(जेठ ३१ गते)देखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात ३० लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४० प्रतिशत अर्थात २० लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३ गते र ढिलोमा असार १४ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १०.१५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।      


Share this with your friends: