काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रदान गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा ९.५० प्रतिशतले हुने आउने ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँबराबरको बोनस सेयर र ४.१८ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।