बलेफी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

2022-05-24
बलेफी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाण्डौ। बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको आईपीओसहित १ करोड ८२ लाख ९७ हजार ७०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र संस्थाबीच आज(जेठ १० गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको  १ करोड ८२ लाख ९७ हजार ७०० कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले उद्योग प्राभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १८ लाख २७ हजार ९७० कित्ता,आम सर्वसाधारणका लागि वितरण गरेको १८ लाख २७ हजार ९७० कित्ता, र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ४३ लाख २३ हजार ७६० कित्ता गरी १ करोड ८२ लाख ९७ हजार ७०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम जेठ ९ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ९३.६४ रुपैयाँदेखि २८०.९२ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ। नेप्सेले कम्पनीलाई बीएचएल संकत प्रदान गरेको छ ।   


Share this with your friends: