बिमा कम्पनीको ओपनिङ निराशाजनक, टर्नओभरको शीर्ष १० मा ३ स्थान कब्जा

2020-08-16
बिमा कम्पनीको ओपनिङ निराशाजनक, टर्नओभरको शीर्ष १० मा ३ स्थान कब्जा

काठमाण्डौ । साताको पहिलो दिन आज जीवन बिमा र निर्जीवन बिमा कम्पनीको दोस्रो बजार कारोबार निराशाजनक रह्यो । यो दिन जीवन बिमा र निर्जीवन बिमा, दुवै उपसमूहको परिसुचमा उच्च गिरावट आयो । 

आज जीवन बिमा कम्पनीको परिसूचक ७६.८७ अकंको गिरावट आउँदै ८४३९.६९ मा सीमित हुन पुग्यो । त्यस्तै निर्जीवन बिमा कम्पनीको परिसूचक ४९.१८ अकंले घटी ६६०३.३६ बिन्दुमा सीमित बन्योे । 

यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचिमा दुईवटा बिमा कम्पनीले आफ्नो स्थान बनाउन सफल भए । यो दिन आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्यमा ९ रुपैयाँको बढौत्तरी संगै कम्पनीको प्रति सेयर मूल्य ४६३ रुपैयाँ कायम भयो । त्यस्तै अर्काे कम्पनी सगरमाथा इन्स्योरेन्सको सेयर मूल्यमा पनि १४ रुपैयाको वृद्धिसंगै यसको मूल्य ७४८ रुपैयाँ कायम भयो । 

यो दिन सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीमध्य एउटा मात्रै बिमा कम्पनीको रुपमा अजोड इन्स्योरेन्स रह्यो । अजोड इन्स्योरेन्सको सेयर मूल्य २५ रुपैयाँले घटी प्रति कित्ता ४९२ रुपैयाँमा सीमित बन्न पुग्यो । 

बजारमा अरु के-के भयो ?
यो दिन नेप्से परिसूचक १७.३३ अकंले घटी १३९१.४६ को बिन्दुमा सीमित हुन पुग्यो । 

बजारमा १८७ कम्पनीका ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर १ अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँमा किनबेच भयो । 

यो दिन व्यापार समूहको उपसूचक १०.९५ अंकले बढेपनि बाकी सबै उपसमूहको सूचकमा रातो पोतियो । बैंकिङ समूह १९.३६ अंकले घटेको यो दिन होटल,विकास बैंक, जलविद्युत, वित्त समूहमा क्रमश ९.३९, ३२.२३, ५.७९, ३.०४ अंकको गिरावट आयो । 

यसैगरी उत्पादन तथा प्रशोधन समूह ५८.११ अंकले घट्यो भने अन्य समूहमा १.११, माइक्रोफाइनान्समा २९.२२ र म्युचुअल फण्ड समूहमा ०.०६ अंकको गिरावट आयो ।
 

यस दिन दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । साधना लघुवित्त र चिलिमे हाइड्रोका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा सम्पत्ति बढाए । 

यो दिन आँखु खोला हाइड्रो पावरका लगानीकर्ताले ७.४१ प्रतिशतले सम्पत्ति गुमाए । 

सबैभन्दा बढी नेपाल बैंक लिमिटेडले ८ करोड १४ लाख बढीको कारोबार गर्यो । धेरै कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचिमा नेपाल पूर्नबिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्स परे । यी तीन कम्पनीले क्रमश ः ७ करोड ७१ लाख, ७ करोड ४४ लाख र ३ करोड ३ लाख बढीको कारोबार गरे ।           

 


Share this with your friends: