बैंक अफ काठमाण्डौद्वारा १६ प्रतिशत लाभांस प्रस्ताव

2020-10-01
बैंक अफ काठमाण्डौद्वारा १६ प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेड(बीओके)ले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुल १६ प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशत हुन आउने २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ। 

 


Share this with your friends: