काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)को हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीद्वारा यसअघि लिलामीमा राखिएको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।
कम्पनीले गत फागुन २८ गतेदेखि संस्थागत समूहतर्फको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियाद्वारा बिक्री गरेको थियो।