मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

2021-07-27
मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १२ गते) अन्तिम दिन रहेको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ५ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ।  सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २५ हजार इकाइ ऋणपत्रमध्ये १५०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँडपश्चात बाँकी रहेको २३ हजार ५०० कित्ता ऋणपत्रसहित बाँकी रहेको २ लाख २५ हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ता लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८.७५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: